काठमाण्डौ पुस ११ गते । रातो तारा डट कम,कृषि उत्पादन बढाउने उद्देश्यले तेह्रथुमको छथर गाउँपालिकामा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन भएको छ । शिविरमा गाउँपालिकाभित्रका ३ सय १८ जना व्यवसायिक किसानले माटो परीक्षण गराएका छन् । पौष ६ र ७ गते शिविर आयोजना गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक हिमबहादुर थापाले जानकारी दिनुभयो । माटो परीक्षणका क्रममा अम्लिय माटो देखा परेकाले माटो सुधारका लागि किसानलाई ८५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिने कृषि शाखाले जनाएको छ । माटो परीक्षण पछि कृषि उत्पादन बढ्ने प्राविधिकको दाबी छ । गाउँपालिकाले आयोजना गरेको शिविरका लागि प्राविधिक सहयोग माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरी गरेको थियो ।
Post a Comment