काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम,प्रदेश नम्वर ५ को सरकारले किसानका लागि वितरण गरेको कृषि अनुदान रकममा सञ्चालन भएका योजनाको जिल्ला–जिल्लामै पुगेर स्थलगत अनुगमन सुरु गरेको छ । कृषि क्षेत्रको विकास र किसानको जिवनस्तर माथि उकास्न भन्दै प्रदेश सरकारले उपलब्ध गराएको कृषि अनुदान रकमको प्रभाव र यसको कार्यान्वयनको अवस्थाबारे बुझ्न टोली परिचालन गरेको हो ।
प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सहितको उच्चस्तरीय टोलीले कपिलबस्तु, रुपन्देही र नवलपरासी जिल्लाको अनुगमन गर्नेछ । प्रदेश सांसदले सरकारले कृषि क्षेत्रमा किसानका लागि उपलब्ध गराएको अनुदान रकमको दुरुपयोग भएको भन्दै किटानी बिरोध गरेपछि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारी, कृषि बिकास निर्देशनालयका बरिष्ठ कृषि अर्थबिद् बुद्धिराम घिमिरे र भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थबिद् संजय ढकालको नेतृत्वमा टोली गठन गरि कपिलबस्तु जिल्लाका १३ वटा कृषक समुह तथा फर्मको स्थलगत अनुगमन गरिएको हो ।
यसैक्रममा टोलीले गत मंसिर १० गतेदेखि जिल्लाका पांच स्थानीय तहमा कृषि अनुदानमा सञ्चालित १३ वटा योजना तथा कार्यक्रमको अनुगमन गरेको छ । अनुगमनका क्रममा कतिपय ठाउँमा सन्तोषजनक काम भएको र कतिपय ठाउँमा अपेक्षा अनुसारको काम हुन नसकेको पनि टोलीको निष्कर्ष छ ।
Post a Comment