Websoft University

स्पार्क अस्पतालको चौथों वार्षिकोत्सव-निस्शुल्क स्वास्थ शिविर गरिने

विराटनगर पुस ७ गते । रातो तारा डट कम,विराटनगर स्थित पञ्चाली चोकमा रहेको स्पार्क अस्पतालले निस्शुल्क स्वास्थ शिविर गरी आफ्नो चौथों वार्षिकोत्सव मनाउने भएको छ ।

अस्पातलका अध्यक्ष रुपेश अधिकारीले आज पत्रकार सम्मेलन गरेर विगतको वर्ष सरहनै यस वर्ष पनि स्वास्थ शिविर गरेर वार्षिकोत्सव मनाउने जानकारी दिए । उनले विराट सांग्रिला स्पोर्टिङ क्लब र स्पार्क अस्पतालको संयुक्त आयोजनामा यहि पुष ९ र १० गते अस्पताल परिसरमा निःशुल्क स्वास्थ शिविर गर्ने जानकारी दिए ।

अस्पतालले गर्न लागेको यो निःशुलक स्वास्थ शिविर २८औं निःशुलक शिविर हुने । अस्पतालले गर्न लागेको यो निःशुलक स्वास्थ शिविर २८औं निस्शुल्क शिविर हुने अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष अधिकारीले विगतको वर्षमा ३७० जना बिरामीले निःशुल्क स्वास्थ शिविरको फाईदा लिएको जानकारी दिए ।
यो शिविरमा आउने बिरामीले काठमाडौंका १६ जना विशेषज्ञ चिकित्सक द्धारा कम्मर दुख्ने , र्गदन दुख्ने , घुँडा दुख्ने , नसा च्यापिएको , हड्डी खिइएको , वाथ रोग , युरिक एसिड बढी भएको , प्यारालाईसिस भएको र अन्य हाडजोर्नी जस्ता रोगको निःशुल्क जाँच गराउन सक्ने अस्पतालले जानकारी दिए ।

जाँच पश्चात चाहिने आवश्यक औषधि पनि बिरामीले निशुल्क पाउने अस्पतालले जानकारी दिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.