Websoft University

सिँचाई कुलो निर्माणको जिल्ला स्तरीय अनुगमन


काठमाण्डौ पुस ११ गते । रातो तारा डट कम,पचालझरना गाउँपालिका वडा नं. ४ मा साल्ते मर्म सिँचाई कुलो निर्माणको जिल्ला स्तरीय अनुगमन गरिएको छ । ८५ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ लागतमा निर्माणाधिन कुलो निर्माणको काम यही फागुन महिनाभित्र सकिंदै छ । गाउँपालिकाको वडा नं.४ मा करिब १९ सय मिटर सिँचाई कुलो निर्माण हुन लागेको हो । फागुन महिनाभित्र कुलो निर्माणको काम सकिएपछि सञ्चालनमा आउने उपभोक्ता समितिका अध्यक्ष एैनबहादुर सेजुवालले बताउनुभयो । अनुगमनका क्रममा कुलो निर्माणको काम सन्तोषजनक पाइएको अनुगमन समितिका राजबहादुर बुड थापाले जानकारी दिनुभयो । सिँचाई कुलो निर्माणबाट करिब एकसय ९१ घरधुरीका १२०० जना लाभान्वित हुने जनाइएको छ । कुलो निर्माणको कामबाट ८७ जनाले रोजगारी पाएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.