काठमाण्डौ मंसिर १७ गते । रातो तारा डट कम,सरकारले निजामति कर्मचारीको कार्यशैली नफेरिँदा नागरिकले दु,ख पाए र परिवर्तनको अनुभूति गर्न नपाएको जनाएकोछ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति कर्मचारी सम्बन्धी विधेयकबारेको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले यस्तो बताउनुभएको हो ।
विगतमा राजाको शासनकाल र अहिले बहुमतको सरकार हुँदा पनि सरकारको काम उस्तै देखिनुमा कर्मचारीको मनोवृत्ति मुख्य कारण रहेको मन्त्री त्रिपाठीले बताउनुभयो । कर्मचारीको वृत्ति विकास र सरुवा बढुवामा निश्चित मापदण्ड नहुँदा विवादरहित हुन नसकेको भन्दै उहाँले विगतदेखि नै सरकारले पद्धति बसाल्न नसकेको टिप्पणी गर्नुभयो । काम गर्ने र नगर्नेलाई एउटै तराजुमा तौलिँदा पनि समस्या भएको उहाँको भनाइ छ ।
यसले गर्दा काम नगर्दा पनि के हुँदोरहेछ र भनेर गर्नेहरु पनि निराश भएको अवस्था आएको उहाँले बताउनु
भयो । ‘गर्ने र नगर्नेका बीचमा विभेद नभई गर्नेलाई पुरस्कृत गर्ने र गर्ने वातावरण बनाउन सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । मन्त्री त्रिपाठीले निजामति कर्मचारी विधेयकमा राज्य व्यवस्था समितिले अहिलेसम्म जुटाएको सहमति स्वीकार गर्ने र सहमति जुट्न बाँकी विषयमा खुला छलफल गर्ने बताउनुभयो ।
मन्त्री त्रिपाठीले सरकारमाथि पेन्सनको दायित्व निरन्तर बढिरहेको भन्दै अबको १८ वर्षपछि सरकारले पूर्वकर्मचारीलाई पेन्सन अर्थात निवृतिभरण दिन पनि विदेशी सहयोग लिनुपर्ने अवस्था आउने बताउनुभयो ।
Post a Comment