श्याम राई गाइघाट मंसीर १६ गते । रातो तारा डट कम,एम्बुलेन्स दुर्घटनामा मृत्यु हुने ७ जनाको सोमबार जातीय परम्पराबाट दाह सस्कार गरीएको छ । त्रियुगा नगरपालीका वडा नं ११ का रणशेर राइ खोरीया स्थीत बन क्षेत्रमा बिरात परम्परा अन्तर्गत विहान ११ बजे ६ जनाको सामुहिक दाह सक्कार गरीएको छ । सोही दुर्घटनामा परी मृत्यु भएका एम्बुलेन्स चालकलाइ भने स्थानिय त्रियुगा नदीमा दाह सस्कार गरीएको हो । शनीबार मध्य राती सुनसरीको हरीपुरमा ट्रक र उम्बुलेन्स ठोक्किदा एम्बुलेन्समा रहेको उदयपुरको त्रियुगा नगरपालीका १० स्थीत घले टोलका ५ जना र चालक सहीत ६ जना को घटना स्थलमै मृत्यु भएको थियो । बिराटनगर स्थीत गोल्डेन अस्पतालमा उपचार गराउदै गर्दा मृत्यु भएकी ८५ वर्षीय शिव माया राइको शव ल्याउदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा राई सहित उनलाइ दुइ छोरा र अन्य तीन जना आफन्त र एम्बुलेन्स चालक को मृत्यु भएको थियो । सात जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनापछि सोमबार उक्त वडाका सबै नीजी तथा सरकारी शैक्षिक सस्थानहरु र नगरपालीकाको १० नम्बर वडा कार्यालय बन्द गरीएको छ । एउटै वडाका ६ जना को दुर्घटनामा मृत्यु भएको ले शोक मनाउन शैक्षिक सस्था र वडा कार्यालय बन्द गरीएको वडा अध्यक्ष प्रकाश खड्का ले बताए ।
Post a Comment