काठमाण्डौ पुस ९ गते । रातो तारा डट कम,पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अधिकांश तरकारीको मूल्य बढेको पाइन्छ । आलु, गाँजर, काउली, मुला, च्याउ, रायो, पालुंगो, चम्सुरलगायत तरकारीमा १३ प्रतिशत देखि ९६ प्रतिशतसम्म मूल्य बढेको छ । तर केही महिनायता सबैभन्दा मूल्य बढेको तरकारी प्याज हो ।
सामान्यत ५० देखि ६० रुपैयाँ प्रति किलोमा बिक्री हुने प्याज भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि दुई सय रुपैयाँसम्म पुगेको छ । अझ दुर्गमका जिल्लाहरुमा त प्रति केजी २ सय ५० देखि तीन सय रुपैयाँसम्म प्याज बिक्री हुने गरेको छ । प्याजको भाउ महङ्गो भएपछि जुम्लाका महिला व्यावसायिक प्याज खेतीमा लागेका
छन् ।
जुम्लाका किसान प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने अभियानमा छन् । त्यसै अनुसार सामूहिक खेती प्रणाली आबद्ध भएर व्यावसायिक प्याज खेती थालिएको किसान राधा न्यौपानेको भनाइ छ । मूल्य बढेपछि कतिपय उपभोक्ताले प्याजको प्रयोग घटाएका छन् । स्थानीय उत्पादनलाई प्राथमिकता नदिने उपभोक्ताको बानीले आफूहरुलाई मर्का परेको तिला ३ का किसान प्रकाश थापाले बताउनुभयो ।
गतवर्ष जुम्लामा १ सय ९ हेक्टर जमिनमा एक सय ३३ मेट्रिकटन प्याज उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा ३० हेक्टर जमिनबाट ३ सय मेट्रि«क टन प्याज उत्पादन गर्ने लक्ष्य राखिएको छ । जिल्लाका तीन बस्तीलाई प्याज खेती पकेट क्षेत्र छैनोट गरी किसान प्रोत्साहनका काम गरिएको छ । भारतबाट पुन प्याज आयात भए, स्थानीय प्याजले बजार नपाउने किसानको चिन्ता छ ।
Post a Comment