काठमाण्डौ पुस १० गते । रातो तारा डट कम,बुटवल ब्लास्टर्समाथि २१ रनको जित रच्दै विराटनगर टाइटन्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा स्थान बनाएको छ । विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । एक सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले इनिङको अन्तिम बलमा एक सय ४४ रनमै समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ओपनर सुनील धमलाको अर्धशतकीय योगदानमा पाँच विकेटको क्षतिमा एक सय ६५ रनको योगफल खडा गरेको थियो । लिग चरणमा दुइ खेल जितेर नेट रनरेटमा अग्रता हासिल गरी प्लेअफमा पुगेको विराटनगरका लागि पीपीएलमा फाइनल यात्रा निकै रोमान्चक रह्यो । यसअघि लिग चरणको अन्तिम खेलमा उसले बुटवललाई नै हराएर प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
Post a Comment