मोहन कुमार राइर्, सङ्खुवासभा, पुष ९ गते । रातो तारा डट कम,धर्मदेवी नगरपालिकाको वडा नंं. २ स्थित तामाफोकमा नेपाली काँग्रेस नगर समितिद्धारा आयोजित एक कार्यक्रममा प्रदेश नं.१ संखुवासभा “ख”क्षेत्रका जनमुक्ति मोर्चा पार्टीको तर्फबाट प्रदेश सांसदका उमेद्धार डिल्ली छाला जिमी सहित ८ दर्जन नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस नगरसमितिले सँगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा काँग्रेस नेता एवं पूर्व राज्य मन्त्री दिपक खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, देश यतीखेर भ्रष्टचार, महगी घुसखोरी जस्ता समस्याले आक्रान्त भई जनताहरु आजित भएर नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्ने सम्पूर्ण नेता तथा तथा कार्यकर्ताहरुलाई् स्वागत गर्दै योग्यता र क्षमताका आधारमा पार्टीले सँगठनको जिम्मेवारी दिने स्पष्ट पार्दै संघिय लोकतान्त्रीक गणतन्त्रलाई सस्थागत गर्न नेपाली काँग्रेस पार्टीले मात्र सक्ने खुलासागर्नु
भयो ।
कार्यक्रमा नेपाली काँग्रेसका नेताहरु थलकुमार लिंखा, ज्ञानबहादुर कार्की, दिपक कुमार थक्लुङ, रामकुमार जिमी, दीपेन्द्रमान शाक्य,भक्तबहादुर गुरुङ्ग, धर्मदवी नगरपालिका नगर प्रमुख एवं नेपाली काँग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य रमेश कुमार जिमी, नगर उप प्रमुख शोभा घिमिरे लगायत नेता तथा कार्यकर्ताह?ले नव प्रवेशी नेता तथाकार्यकर्ताहरुलाई वधाई तथा शुभकामना दिँदै देशको समसामहिक गतिविधिको वारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
नगर सभापति ढकन सिंह जिमीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेकपाका जिल्ला कार्यसमितिका सदस्य राम कुमार कार्की सहित ८ दर्र्जन नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको अवसरमा फूलमाला, खादा र दोसल्लाले पूर्व राज्य मन्त्री खड्का सहित जिल्ला स्तरीय नेताहरुले नेपाली काँग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएको वडा नंं २ का नेपाली काँग्रेस इकाई सभापति राम कार्कीले जानकारी दिनुभयो ।
यती धेरै संख्यामा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नुको पछाडी वर्तमान सरकारले नेपाली जनताह?को पक्षमा काम गर्न नसकेको हुँदा आफुहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको प्रदेश सांसदको उमेद्वार समेत रहेका डिल्ली छाला जिमीले पार्टी प्रवेश गरेको वताउनुभयो ।
Post a Comment