Websoft University

बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गर्यो


काठमाण्डौ पुस १०   गते । रातो तारा डट कम,विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको इलिमिनेटेरमा प्रवेश गरेको छ । आज भएको खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गरेको हो । 

पोखरा रंगशालामा बुटवलले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । जितसँगै विराटनगर ५ खेलमा ४ अङ्क जोड्दै तेस्रो स्थानमा रहदै इलिमिनेटेरमा पुगेको हो । 

अब विराटनगरले फाइनल प्रवेशको लागि इलिमिनेटेरमा बुटवलसँग नै खेल्नेछ ।  बुटवल ५ खेलमा ६ अङ्क जोडेर लिगको दोस्रो स्थानमा रहदै प्ले अफ पुगेको हो । इलिमिनेटेरको विजेताले फाइनलमा चितवन राइनोजसँग खेल्नेछ । चितवन अपराजित रहदै ५ खेलमा १० अङ्क जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । विराटनगरले बुटवलमाथि शानदार जित निकालेसँगै काठमाडौं गोल्डेन्स भने बाहिरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.