Websoft University

अन्तराष्ट्रिय एड्स विरूद्धको दिवसमा जिप्रका मोरङ सम्मानित


 काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम, मोरङ विराटनगर देवकोटा चोकबाट ३१ औं अन्तराष्ट्रिय एड्स बिरूद्धको दिवसको अवसरमा प्रभातफेरी शुरू भई हनुमान मन्दिर नजिकैको प्राङगणमा सभामा परिणत भई कार्यक्रम सम्पन्न भएको छ । १ नं। प्रदेश सामाजिक बिकास मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आयोजित उक्त कार्यक्रममा HIV एड्स बिरूद्ध कार्यक्रम गर्न सकृय संघ संस्थाहरूलाई प्रमुख अतिथि माननीय सामाजिक बिकास मन्त्री जीवन घिमिरेज्यूले सम्मान पत्र प्रदान गर्नु भएको छ ।

एड्स संक्रमण, न्यूनीकरण तथा रोकथामको लागि मोरङ जिल्लामा विगत १ बर्ष भन्दा बढि समय देखि लागु औषध बिरूद्धको अभियान CAMPAIGN AGAINST NARCOTIC,CAN, संचालन गरी महत्वपूर्ण योगदान पुर्‍याउदै आएको जिल्ला प्रहरी कार्यालय मोरङलाई समेत उक्त अभियानको उच्च मुल्याङ्कन गर्दै सम्मान पत्र प्रदान गरिएको छ । प्रमुख अतिथि १ नं। प्रदेशका माननीय सामाजिक बिकास मन्त्री जीवन घिमिरेज्यूबाट प्रदान गरेको उक्त सम्मान पत्र जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले ग्रहण गर्नु भएको थियो । 

त्यस्तै कार्यक्रममा एविसी नेपाल अध्यक्ष बिष्णु शर्मा, HIV कार्यरत संघसंस्थाहरूको संजाल मोरङ अध्यक्ष शुशिल रिजाल र सदस्य अनुप सापकोटालाई समेत एड्स बिरूद्धको कार्यक्रम उच्च मुल्याङ्कन गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै माननीय मन्त्री जीवन घिमिरेले HIV एड्स रोगको बारेमा समाजमा अझै पनि यो कस्तो रोग हो, कसरी लाग्छ, कसरी सर्छ भन्ने कुराको चेतना नभएको बताउँदै समाजको डर तथा लाजले एकिन तथ्याङ्कमा समेत आउन नसकेको बताउनु भयो । साथै एड्स बिरूद्धको यो अभियानको सफलताको शुभकामना समेत दिनु भयो । 

कार्यक्रममा बिशिष्ठ अतिथिको आसनबाट बोल्नु हुँदै मेयर पराजुलीले ज्क्ष्ख् एड्स वर्तमान समाजको ठूलो समस्या भएको तथा तिन तहकै सरकार र सम्बन्धित सरोकारवाला निकायहरू मिलेर जनचेतनामुलक कार्यक्रम मार्फत यसलाई रोकथाम तथा न्यूनीकरण गर्दै लैजानु पर्ने बताउनु भयो । त्यस्तै लागु औषध संक्रमित बिद्यार्थीका लागि मासिक २ हजार रूपैया महानगरपालिकाले दिन बजेट विनियोजन गरेको समेत जानकारी दिनु भयो ।

कार्यक्रममा रिचमण्ड फेलोसिपका लिडर तथा HIV सेन्टरका परामर्शकर्ता संजिव चापागाईले लागु औषध बिरूद्धको अभियान पहिलो चरण अन्तर्गत १६७८ जनालाई परामर्श प्रदान गरिएको र दोस्रो चरणमा HIV सेन्टरको विराटनगर १६ हुलास मेटल चोकमा सेवा केन्द्र स्थापना गरी हालसम्म २५०४ जना गरी कुल जम्मा ४१८२ जना लागु औषध सेवनकर्तालाई मनोचिकित्सक परामर्शकर्ताद्वारा परामर्श प्रदान गरिएको जानकारी दिनु भयो । 

उक्त कार्यक्रम एविसी नेपाल, विश्व सेवा बिस्तार, माईती नेपाल, HIV कार्यरत संघसंस्थाहरूको संजाल मोरङ लगायतका संस्थाका पदाधिकारीहरू, CAN सेन्टरका पदाधिकारीहरू, बिद्यार्थी, प्रहरी कर्मचारीहरू समेत गरी अन्दाजी २०० जनाको उपस्थितिमा सम्पन्न भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.