Websoft University

यूरो–६ पेट्रोल प्रयोगमा ल्याउन डिपोहरुमा अध्ययन सुरु



काठमाण्डौ पुस १० गते । रातो तारा डट कम, नेपाल आयल निगमले उच्च गुणस्तरको यूरो–६ पेट्रोल प्रयोगमा ल्याउन डिपोहरुमा अध्ययन सुरु गरेको छ । पहिलो चरणमा निगमको थानकोट र त्रिभुवन विमानस्थल डिपोको स्तरोन्नतीको लागि काम सुरु गरिएको निगमले जनाएको छ । 

निगमसँगको सहकार्यमा भारतीय आयल निगमको विज्ञ टोलीले दुई डिपोको स्तरोन्नतीका लागि अध्ययन थालेको निगमका निर्देशक एवं इन्जिनियरिङ विभाग प्रमूख पूर्णप्रसाद रिजालले बताउनुभयो । रिजालका अनुसार हाल भइरहेको डिपोका भण्डारण ट्याङ्क तथा पेट्रोल बोक्ने ट्याङ्करको सफाइ र डिपोमा अर्थिङको कामबारे भारतीय टोलीले अध्ययन गरिरहेको छ । 

हाल प्रयोग भइरहेको यूरो–४ मापदण्डको पेट्रोलभन्दा यूरो–६ को पेट्रोल बढी संवेदनशील हुने र चट्याङका दृष्टिले जोखिमपूर्ण हुने भएकाले सबै डिपोको अर्थिङ फेर्नु पर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । कम गुणस्तरको तेल बोकेका ट्याङ्कर र भण्डार गरिएको ट्याङ्क सफाइ नियमित काम भए पनि अर्थिङ गर्न भने निगमले लगानी गर्नुपर्ने निर्देशक रिजाल बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.