Websoft University

भारतमा-"नेपाली प्रभाग"बाट पाँच जना छात्रछात्राहरूले विद्यावारिधिको उपाधि लिए


विराटनगर रातो तारा डट कम, नेपाली छात्रछात्राहरूले भारतका विभिन्न विश्वविद्यालयबाट प्रत्येक वर्ष विभिन्न विषयमा उच्च शिक्षाका उपाधीहरू प्राप्त गर्ने गरेको सर्व विदितै छ।

यस वर्ष पनि मिति २०७६/९/७-८ गते (सन्  २०१९/१२/२३-२४) का दिन  "काशी हिन्दू विश्वविद्यालय बनारस"को दीक्षान्त समारोहमा पनि यो झलक देख्न पाइयो। भारतीय भाषा विभाग अन्तर्गत "नेपाली प्रभाग"बाट पाँच जना छात्रछात्राहरूले विद्यावारिधिको उपाधि लिएका थिए।

चारजना नेपाली मूलका भारतीय छात्र थिए भने एकजना महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सीना हुनुहुन्थ्याे। उहाँले 'नेपाली उखानसँग मिल्दा संस्कृतका भनाइ' विषयमा विद्यावारिधि गर्नु भएको हो।

यसै क्रममा डा.नवराज निरौला (नारायण)ज्यूले "संस्कृत विद्या धर्मविज्ञान संकाय" अन्तर्गत साहित्य विषयमा 'आचार्य रेवाप्रसाद द्विवेदीको काव्यशास्त्रमा योगदान' (आचार्यरेवाप्रसादद्विवेदिनः काव्यशास्त्रे&वदानम्) विषयमा विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको छ। डा.निरौला, कवि नारायण निरौलाको नामबाट परिचित नाम हो।

बनारसमा विद्यार्थी अवस्थामै निरौलाका साहित्यिक कृतिहरू  "आमा" निबन्धसंग्रह र "देवकोटा" खण्डकाव्य प्रकाशित छन्। विभिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा शोधपूर्ण लेख तथा साहित्यिक पत्रिकामा कथा कविता आदि रचनाहरू प्रकाशित भइरहेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.