Websoft University

रश्मिलाज फेसियल हाउसको बार्हौं बार्षिकोत्सब भब्यताको साथ सम्पन्न


काठमाण्डौ । रातो तारा डट कम, नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ । उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १३ जना विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरुलाई बिसेष सम्मान गरेको थियो भने अन्य दर्जनौ सौन्दर्यकर्मी, समाजसेवी, ब्यबसायी तथा बिसेष व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा बरिष्ट गायिका माननीय कोमल ओली, रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकि अध्यक्ष रश्मिला श्रेष्ठ तथा संरक्षक प्रकाश कुमार श्रेष्ठको हात बाट बरिष्ट सौन्दर्यबिद सिता न्यौपाने पाठक, बरिष्ट सौन्दर्यबिद सोनी काररंजित, बरिष्ट सौन्दर्यबिद सुमी रंजित, लोकप्रिय अभिनेत्री सरिता लामिछाने, पूर्व मिस नेपाल तथा फेसन डिजाइनर उषा खड्की, लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा, समाजसेवी दिक्षा चापागाई, पत्रकार सबिता पोखरेल, लोकप्रिय गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजाल युवा ब्यबसायी बसन्ती अधिकारि, फेसन डिजाइनर सिर्जना पोखरेल, सौन्दर्यकर्मी सरु श्रेष्ठ, अन्तराष्ट्रिय हेयर ड्रेसर तथा मेकअप आर्टिस्ट रायन मंगोलियनलाइ सम्मान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा निर्देशक समाजको निबर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र कलाकर संघको बरिष्ट उपाध्यक्ष रेजिना उप्रेती, समाजसेवी लायन बालकृष्ण बुर्लाकोटी, समाजसेवी बासु गिरि, डा. लक्ष्मी श्रेष्ठ जोशी, समाजसेवी बद्री कुमार श्रेष्ठ, सौन्दर्यबिद मेनुका उप्रेती सिवाकोटी, कलाकार पल्पसा डंगोल, संचारकर्मी डब्बु क्षेत्रि, संचारकर्मी गीता अधिकारि, सरिता भारती, लक्ष्मी धिमाल, गीतकार निर्मात्री सावित्रा चिलुवाल समाजसेवीहरु नरेश पाण्डे, निकिता पाण्डे, आशिष पोखरेल, हेमा पोखरेल, डा. बिशाल श्रेष्ठ, फेसन डिजाइनर काजल शर्मा, अभिनेत्री कबिता गेलाल शर्मा लगायतका बिशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सांसद ओलीले आफू रश्मिलाज फेसियल हाउसको नियमित ग्रहक भएको बताउँदै रश्मिलाज फेसियल हाउसको टिमलाई बधाई र शुभकामना दिएकी छिन् । ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले अन्तर्राष्ट्रियस्तरको सेवा दिन सफल भएको छ’, उनले भनिन्, ‘आगामी दिनमा झन् राम्रो गरेर जानुस् भन्ने मेरो शुभकामना छ ।’ ओलीले सौन्दर्य क्षेत्रले रोजगारीका अवसर सिर्जना गरेको भन्दै यो व्यवसायलाई राज्यले अझै संरक्षण गर्नुपर्ने बताइन् ।

व्युटिसियनलाई चिकित्सकको रुपमा हेरिने भएकाले नेपाली व्युटिसियनहरूले त्योस्तरको आफूलाई बनाउनुपर्ने सांसद ओलीले सल्लाह दिइन् । ‘नारीहरू आफैंमा सुन्दर हुन्छन्’, उनले भनिन्, ‘सौन्दर्यकर्मीले महिलालाई अझ सुन्दर बनाउँछन् । अहिलेको समयमा सौन्दर्यकर्मीको झन् महत्व बढेको छ ।’

सौन्दर्यबिदहरु, चर्चित कलाकारहरु, पत्रकारहरु तथा समाजसेवामा अग्रणी भूमिका निर्बाह गर्ने अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा बर्षका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो l बिगत १२ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

उक्त १२ औं बार्षिकोत्सब कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको जानकारी गराए l ग्राहकहरुको बिस्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै बार्हौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा श्रेष्ठले उक्त अबसरमा बताए ।

कार्यक्रममा हास्य कलाकार महादेव त्रिपाठी, गायक बिनोद ढकाल, गायक धुर्ब बिस्को, गायिका सरु गौतम र नायिका अनिता गिरिको सांस्कृतिक कार्यक्रम समेत रहेको थियो ।

अन्य स्थानमा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ब्रान्च खोल्न लागिएको र यसले गर्दा नयाँ नयाँ प्रविधिहरु नेपालमा भित्र्याउन सकिने जसले गर्दा रष्मिलाज फेसियल हाउसमा सेवा लिने ग्राहकहरुले अन्तराष्ट्रिय स्तरको सेवा लिन सक्ने कुरा रश्मिलाज फेसियल हाउसकी संचालिका रश्मिला श्रेष्ठले गराईन ।

अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नयाँ बर्ष २०२० तथा क्रिसमसको उपलक्ष्य पारेर रश्मिलाज फेसियल हाउसको १२औं बार्षिकोत्सबको मनाउनुको साथै आफ्ना शुभचिन्तकहरु माझ शुभकामना आदान प्रदान गरेको थियो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन। बार्हौं बार्षिकोत्सब कार्यक्रमको निर्देशक सुर्य चन्द रहेका थिए भने कार्यक्रमलाइ संचारकर्मी सुमन पण्डितले संचालन गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.