Websoft University

भारत बिहारको जोगवनी नजिकको मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा–मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवासाय ठप्प हुने अवस्थामा पुगे


बिराटनगर पुस ८ गते । रातो तारा डट कम,सिमावर्ती भारतीय बजार जोगबनी छेउमा अवस्थित जिर्ण अवस्थामा रहेको मीरगञ्ज पुल मर्मतको क्रममा रहेको र मर्मत कार्य पुरा हुन कम्तीमा तीन देखि चार हप्ता लाग्ने भारतीय पक्षले जानकारी गराएको छ । निर्माण पश्चात् पनि उक्त पुलको भार क्षमताका कारण अवरोध हुने अवस्था कायमै छ ।

नेपालको दोश्रो ठूलो नाका र मोरंग–सुनसरी कोरिडोरको एक मात्र प्रवेशद्वारको रुपमा रहेको यो पुल, दुई वर्ष अघि यही अवस्था सिर्जना हुँदा आठ महिना सम्म सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरी पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले जेनतेन उद्योग व्यावसायलाई जोगाएका थिए ।

त्यस पछि हामीले पटक पटक विभिन्न निकायहरुमा पहल पैरवी गर्दा समेत कुनै ठोस कदम चालिएको देखिएन । नेपाल सरकारको कुटनितिक पहलकालागि परराष्ट्र मन्त्रालय, भारतीय राजदुतावास–काठमाण्डौँ, नेपाली राजदुतावास दिल्ली, भारतका हाई वे डिभिजनहरु लगायत विभिन्न मन्त्रालयहरुमा पहल गर्दा पनि कुनै ठोस काम नभएको अवस्था छ ।

 त्यसतै, मिरगञ्ज पुलको छेउमा बन्दै गरेको आर.सी.सी. पुलको निर्माण कार्य सन २००८ मा शुरु भएतापनि हाल सम्ममा चार वटा पिलर मात्र अर्ध रुपमा मात्र निर्माण भएको देखिन्छ । हालको यस पुलमार्फत मालवाहक सवारी साधनहरुको आवत जावत पुर्ण ?रुपले ठप्प हुँदा भारत तर्फ मात्र पनि करिब ५००० हजार सवारी साधनहरु अलपत्र पर्ने स्थिति छ भने हाल २००० भन्दा बढी मालवाहक सवारी साधनहरु लामबद्ध भई सकेका छन् । जसको डिटेन्सन र डेमुरेज चार्ज मात्रै प्रति दिन १ करोड रुपैयाँ र साथै उद्योगको उत्पादकत्व क्षमता विभिन्न अभावले गर्दा घट्न गई अरबौँको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सृजना भएको छ ।

साथै दैनिक उपभोग्य वस्तुहरुको अभाव हुने प्रवल सम्भावना देखिएको छ । अतः तत्कालिक समाधानकालागि विगतमा झैँ सुनसरीको भीमनगर नाकाबाट आयात निर्यातका मालवाहक साधनहरु रि–रुट गरेर ल्याउने व्यवस्थाकालागि हामीले सम्बन्धित निकायमा पहल गरिरहेका छौँ । साथै, दिर्घकालिन समाधानकालागि आई.सी.पी. जोगबनी जोड्ने आर.सी.सी. पुलको निर्माण कार्यलाई पनि शिघ्रता दिईनु पर्ने नेपाल सरकार संग भीम घिमिरे, अध्यक्ष उद्योग संगठन मोरंग – प्रकाश मुन्दडा, अध्यक्ष मोरंग व्यापार संघ,का तर्फबाट आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर माग गर्नु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.