बिराटनगर पुस ११ गते । रातो तारा डट कम,राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भंसार विभाग, उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघको संयूक्त आयोजनामा राजश्व चुहावट नियन्त्रण तथा उद्योग÷व्यापारसंघ सम्वन्धित समसामायीक विषयमा आज मिति २०७६ पौष ११ गते छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका सभापति, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले आन्तरिक राजश्व, भंसार, राजश्व विभाग प्रत्यक्ष उद्योग÷व्यापार क्षेत्रसंग सरोकार राख्ने निकाय भएकाले उद्योग÷व्यवसाय क्षेत्रको समस्या समाधानमा यी तीन निकायको महत्वपूर्ण भुमिका हुने वताउनु भयो । उहाले तीन निकायको आपसि समन्वयले यस क्षेत्रमा व्याप्त समस्या समाधानमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले तीनै क्षेत्रको उपस्थितीमा छलफल कार्यक्रम आयोजना गरिएको वताउदै ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलताह?लाई सहज वनाउन तीनै निकायका प्रमुख समक्ष अनुरोध गर्नु भयो ।
मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग÷व्यवसाय क्षेत्रका समस्या प्रस्तुत गर्दै उक्त क्षेत्रको निर्वाध संचालनमा देखिएको कानुनी असपष्टतालाई स्पष्ट पार्दै सहज वातावरण तयार गर्नु पर्नेमा जोड दिनु भयो । उहाले भंसार, राजश्व क्षेत्रसंग सम्वन्धीत कतिपय समस्याह?लाई आपसि सम्वादका माध्यमवाट पनि समाधान गर्न सकिने भएकाले नीजी क्षेत्र र राजश्व प्रशासन वीच नीरन्तर सम्वाद छलफल र अन्तरकृया हुनु पर्नेमा जोड दिनु भयो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद वहादुर कुवँरले व्यवसायीले भोग्नु परेको समस्या समाधानमा आन्तरिक राजश्व विभागले सदैव सहयोग पु¥याउने वताउनु भयो । उहाले औद्योगीक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समिृद्धि वनाउने नीजि क्षेत्रको भुमिका महत्वपूर्ण हुने र मुलुकको समुद्धिमा सवै निजि क्षेत्र र सरकारको भुमिका फरक–फरक हुने भएकोले सवैले आफ्नो भमिका सक्रिय ?पमा निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाले नीजि क्षेत्रको विकासका लागी नितिमा देखिएका अफठ्याराह?लाई क्रमश संच्याएर लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो । राजश्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीले उद्योगी÷व्यवसायीबाट प्राप्त सुझावलाई आगामि दिनमा कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले वद्लिदो निति नियममा शुरुवाती चरणमा अफठ्याराह? देखिएको भएतापनि यसलाई क्रमश सुधार गरिदै लागिएको वताउनु भयो । कार्यक्रममा कोशी करिडोरका जिल्ला÷नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले आ–आफ्नो क्षेत्रका उद्योगी÷व्यवसायीले भोग्दै आएका समस्याह?बाट प्रस्तुत गर्दै समधानका लागी अनुरोध गर्नू भएको थियो ।
भंसार विभागका उपमहानिर्देशक श्याम प्रसाद भण्डारीले आयतमुखी अर्थतन्त्रलाई प्रतिस्थापन मुखी बनाउदै समुद्ध राष्ट्र वनाउन सरकारसंगै नीजि क्षेत्र समेत वलीयो हुनु पर्ने भएकाले नीजि क्षेत्रको क्षमता अभिबृद्धि गर्दै सवल र सक्षम अर्थतन्त्र निमार्णका उद्योग÷व्यवसाय क्षेत्रको भुमीका महत्वपूर्ण हुने स्पष्ट पार्नु भयो । उहाले विराटनगरको आइसिपि छिट्टै संचालनमा आउने जानकारी गराउदै आइसिपि संचालन पश्चात व्यापार÷व्यावसाय क्षेत्रका लागी सहजिकरण हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा उद्योग संगठन मोरंग र मोरंग व्यापार संघका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्षज्यू पदाधिकारी, कार्यकारिणी समिति सदस्यहरु, जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं, प्रतिनिधिहरु, राजश्व अनुसन्धान कार्यालय इटहरी, भंसार कार्यालय विराटनगर, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख तथा उद्योगी व्यावसायीह?को सहभागीता रहेको थियो ।
Post a Comment