काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम,न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटि गाँउपालिका, धनकुटाको संयूक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय ६१ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटि गाँउपालिकाले जनाएको छ । उक्त आयोजित शिविरले धनकुटावाशि हर्षित भएकाछन् । यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले समेत शिविरको अवलोकन गर्नुभएकोछ ।
उहाँले धनकुटा जिल्लामा यस्तो शिविर ल्याएकोमा न्यूरो हस्पिटल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर सिरहा जिल्लाकै उत्कृष्ट एवम भव्य शिविर रहेको स्थानिय ताङबो शेर्पाले बताए । उनले पूर्वकै हस्पिटलहरु मध्ये न्यूरो हस्पिटलका सबै वरिष्ठ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर हुनु नै धनकुटा वासिका लागि गर्वको कुरा रहेको बताए । उनले चिकित्सक देखी आधुनिक उपकरणमा अब्बल रहेको भन्दै बिरामीह?लाई बचाउने उत्कृष्ट हस्पिटल रहेको बताए । न्यूरो हस्पिटलको ६३ जनाको स्वास्थ्यकर्मीको टोली संगै वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्ट आफै ग्रामीण भेगमा आएर स्वास्थ्य सेवा प्रदान गर्नुभएकोमा कृतज्ञता व्यक्त गरे ।
स्वास्थ्य स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ डाक्टरहरु न्यूरो सर्जन डा यम बहादुर रोका, अर्थोपेडिक सर्जन डा.नविन कुमार कर्ण, फिजिसियन डा. केशर बहादुर गुरुङ, रेडियोलोजिस्ट डा. रोशन कोइराला, नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका, दन्तरोग विशेषज्ञ डा. अमित प्रताप साह, बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साह लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गर्नुभएको थियो । स्वास्थ्य शिविरमा छथर जोरपाटि गाँउपालिकाका अध्यक्ष शेर बहादुर लिम्बुले न्यूरो हस्पिटलले समाज प्रति सदैव उत्तरदायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए ।
शिविरमा न्यूरो सम्बन्धी, महिलाको आङ खस्ने समस्या, महिनावारी, डाइबेटिज, फिजियोथेरापी दन्त रोग, बालबालिमालाग्ने बिभिन्न रोग तथा हाड जोर्निको विरामीहरु स्वस्थ्य लाभ लिई लाभान्वित भएका थिए शिविरमा ११३ जनाको इसिजि , तथा ५ सय ५३ जनाको सुगरको टेस्ट गरिएको न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेतले बताए । न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै १ नं प्रदेश तथा २ नं प्रदेशको बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्दै आएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटटराईले बताए ।
डिकल अफिसरहरु डा. ज्योत्सना पराजुली , डा. अमित चौधरी, डा. मयङक राज कर्ण , डा. जङ बहादुर चापागाई डा. मोहमद सिद्धिक डा. बिनिता संजेल , फिजियोथेरापिष्ट डा. नविन कुमार चौधरी र डा सेखर प्याकुरेल, रेडियोलोजिस्ट दयाराम भटट्राई , प्याथोलोजिस्ट नरेश साह लगायतका ६३ जनाको स्वास्थ्यकर्मीको टोली द्धारा स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी पनि वितरण गरिएको थियो ।
Post a Comment