Websoft University

महानगरले बिज्ञापहरु हटाउन गर्यो कडा आदेश


काठमाण्डौ मंसिर १७  गते । रातो तारा डट कम,काठमाडौं महानगरपालिकाले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन सात दिन भित्र हटाउन निर्देशन दिएकोछ । महानगरपालिकाले सूचना जारी गर्दै घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्ते लेखन जस्ता अनधिकृत विज्ञापन बोर्ड आफै हटाउन निर्देशन दिएको हो । 

आफैले नहटाए महानगरले हटाउन लाग्ने खर्च समेत असुली गर्ने जानकारी दिएको छ । यस्ता विज्ञापन बोर्ड तथा पर्चाले वातावरणीय प्रदूषण गरी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न, हिडडुल गर्न र प्रदुषण रहितको सुन्दर दृश्यावलोकन गर्ने अधिकारमा बाधा व्यवधान गरेको भन्दै २०७२ भदौ १६ गते सर्वोच्च अदालतले महानगरलाई व्यवस्थित बनाउन आदेश दिएको थियो । 

त्यही आदेश पालना गर्दै महानगरले सूचना जारी गरी कार्यन्वयनमा ल्याएको हो । केही विज्ञापन अझै बाँकी देखिएकाले महानगरले सात दिन भित्र विज्ञापन हटाउन निर्देशन दिएको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.