बिराटनगर । रातो तारा डट कम,"फैसला कार्यान्वयन फरार प्रतिवादी पक्राउ अभियान" अन्तर्गत डाका मुद्दामा फरार रहेका जिल्ला मोरङ विराटनगर १० बस्ने बर्ष २४ को शिवराज चौधरीलाई सम्मानित मोरङ जिल्ला अदालतको मोरङको मिति २०७६/०२/१३ गतेको फैसला अनुसार ३० हजार जरिवाना र २ बर्ष ११ महिना ३ दिन कैद सजाय भइ हालसम्म फरार रहेकामा निज प्रतिवादी शिवराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७६/०८/१५ गते विराटनगर १० शान्तिचोकबाट फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाईएको ।
निजले गरेको कसूरको विवरण:-
निज प्रतिवादीले मिति २०७५/०७/१४ गते २०:३० बजेको समयमा जिल्ला मोरङ बिराटनगर म.न.पा वार्ड नं. ४ स्थित नोबेल अस्पताल तर्फ जाने बाटोमा जिल्ला मोरङ कटहरी गा.पा. वडा नं. २ बस्ने बर्ष २२ को निरज भन्ने दर्पन श्रेष्ठ नोबेल अस्पताल तर्फ साईकलमा गईरहेको अवस्थामा निजको सामसुङ j7 मोबाईल खोसि भागि गएकोमा निज प्रतिवादीलाई मिति २०७५।०८।०१ गते मोबाईल सहित चोरी गर्ने कसुरदारहरु शिवराम चौधरीलाई फेला पारी कानुन बमोजिम अनुसन्धान गरीएकोमा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७६/०२/१३ गतेको फैसला अनुसार १० हजार जरीवाना र १ बर्ष कैद सजाय भएको ।
त्यस्तै निज प्रतिवादीले मिति २०७५/०७/१६ गते १८:०० बजेको समयमा जिल्ला मोरङ बिराटनगर म.न.पा वार्ड नं.८ स्थित RK चिल्ड्रेन अस्पतालमा अगाडी जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. ८ बस्ने बर्ष २५ कि एक महिलालाई पैदल हिड्दै गईरहेको अवस्थामा पछाडी बाट लेडिज ब्याग खोसि भागि गएको र सो ब्याग भित्र नगद १८,४००।-सामसुङ, j2 मोबाईल र गोल्डेन रङको घडी समेत चोरी भागेकामा निजलाई खोजतलास गरी मिति २०७५।०८।०१ गते चोरीको मोबाईल सहित फेला पारी कानुन बमोजिम अनुसन्धान गरीएकोमा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७६/०२/१३ गतेको फैसला अनुसार १५ हजार जरीवाना र १ बर्ष ६ महिना कैद सजाय भएको ।
त्यसैगरी मिति २०७५/०७/२५ गते १९:०० बजेको समयमा जिल्ला मोरङ बिराटनगर म.न.पा वार्ड नं. ७ नेपाल टेलिकम नजिक जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. ७ बस्ने बर्ष ३७ कि चन्द्रकला बस्नेत पैदल हिड्दै गईरहेको अवस्थामा पछाडी बाट निज प्रतिवादी समेतले एक्कासी लेडिज ब्याग खोसि भागि गएको र सो ब्याग भित्र नगद ६,०००।-महालक्षि बिकास बैंकको ATM कार्ड, नागरीकता, सेतो रङको मोबाईल, चादिको सिक्का र चस्मा समेत चोरी लगेकोमा मिति २०७५।०८।०१ गते निजलाई पक्राउ गरी कानुन बमोजिम अनुसन्धान गरीएको र उक्त मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७६/०२/१३ गतेको फैसला अनुसार ५ हजार जरीवाना र ६ महिना कैद सजाय भएको ।
माथि उल्लेखित तिन घटनामा संलग्न निज प्रतिवादी शिवजराज चौधरीलाई मिति २०७६।०८।१५ गते जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । निजलाई जिल्ला कारागार मोरङमा कैद भुक्तानको लागि पठाईएको छ ।
Post a Comment