काठमाण्डौ पुस १० गते । रातो तारा डट कम,सरकारले गत वर्षकै उखुको समर्थन मूल्यलाई चालु आर्थिक वर्षका लागि तोकेको छ । उखुको मूल्य प्रति क्विन्टल पाँचसय ३६ रुपैयाँ ५६ पैसा तोकेको हो । गतवर्ष पनि सरकारले उखुको मूल्य यति नै तोकेको थियो । आज नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी चालू आर्थिक वर्षको खरिद मूल्य प्रति क्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको बताउनुभयो । उखुको मूल्य निर्धारण गर्नका लागि कृषि विभागले सिफारिस समिति गठन गरेको थियो । मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रिपरिषद् बैठकले नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल, हरिहर वस्ती, डा सन्ध्या चापागाँइ, डा सुप्रभात श्रेष्ठ र डा प्रनित पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले काउन्सिलको रजिस्टारमा डा.कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
Post a Comment