Websoft University

क्रिकेटमा आज बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हँुदै


काठमाण्डौ पुस १० गते । रातो तारा डट कम,पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हँुदैछ । ईलिमिनेटर राउण्डमा दुवै टोली खेल्न लागेका हुन् । पोखरा रंगशालामा हुने खेल मध्यान्ह साढे १२ बजेबाट सुरु हुनेछ । विजेता टिमले फाईनलमा स्थान सुनिश्चित गर्नेछ र उपाधिका लागि शनिबार चितवन राईनोजसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्तिम खेलमा बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो । बुटवल लिग चरणको एक खेल अगाडीनै दोस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा छनोट भईसकेको थियो । तेस्रो स्थानमा रहँदै विराटनगर छनोट हुँदा नेट रनरेटका आधारमा काठमाडौं गोल्डेन प्रतियोगिताबाट बाहिरिन पुग्यो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.