Websoft University

उखुको सर्मथन मूल्य मन्त्रिपरिषद्मा पेश


काठमाण्डौ पुस ९ गते । रातो तारा डट कम,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको सर्मथन मूल्य मन्त्रिपरिषद्मा पेश गरेको छ । गत वर्षकै सर्मथन मूल्यलाई निरन्तरता दिएर मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था महाशाखा प्रमुख सहसचिव धुव घिमिरेले जानकारी दिनुभयो । 

यसवर्ष किसानले उद्योग र सरकारबाट पाउने मूल्य प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुनेछ । जसमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउने छ भने बाँकी रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउनेछन् । उखुको समर्थन मूल्य किसान र उद्योगीहरुसँगको छलफलबाट नै तोकिएको मन्त्रालयले जनाएको छ । 

मंसिर दोस्रो साता मन्त्रालयमा उद्योगी र किसान प्रतिनिधिसँग भएको छलफलमा गत वर्षकै मूल्यमा उखु खरिद र बिक्रीका लागि समझदारी बनेको मन्त्रालयको दाबी छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.