Websoft University

अतिक्रमित भूभाग फिर्ता ल्याउन पहल नगरेको भन्दै राष्ट्रियसभामा काँग्रेस सासदको आक्रोस


काठमाण्डौ पुस ७ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता ल्याउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गर्नुभयो । 

उहाँले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमी फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो । नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको चार सय वर्ग किलोमिटर भूमी मिच्ने काम भएको दाबी गर्दै उहाँले सरकार मौन बसेको भन्दै आक्रोश पोख्नुभयो । सत्तारुढ दल नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो । 

सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्न विवादलाई पनि सम्बोधन गर्नुपर्ने उहाँको तर्क छ । विगतमा पनि राजनीतिक मुद्दाको रुपमा लिपुलेक र लिम्पियाधुराको विषय धेरै उठ्ने गरेको भन्दै उहाँले सीमाको विषयमा भने सरकारको बचाउ गर्नुभयो । समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताउनुभयो । सर्वहाराका नेता भन्न रुचाउनेमा मात्रै परिर्वतन आएको भन्दै उहाँले विभेदरहित समाज भाषणमा नभई व्यवहारमा देखाउन सरकारलाई चुनौति दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.