काठमाण्डौ पुस ११ गते । रातो तारा डट कम,१५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप माघ तेस्रो साताबाट सुरु हुने भएको छ । आयोजक ढोरपाटन स्पोटस् क्लबले हिजो पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । नयाँ बसपार्कमा रहेको ढोरपाटन क्लबको भलिबल कोर्टमा आयोजना हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल केन्द्र र ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
Post a Comment