काठमाण्डौ पुस १० गते । रातो तारा डट कम,‘नेपाल भ्रमण वर्ष २०२०’ महा अभियान अन्तर्गत प्रदेश नं. २ मा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । बर्दिबासमा जिल्ला समन्वय समितिको पदभार ग्रहण तथा प्रथम बैठकमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरि प्रदेश २ मा रहेका पर्यटकीय क्षेत्रको पहिचान, भाषा तथा संस्कृतीको प्रवद्र्धन, पर्यटन मैत्री वातावरण निर्माण लगायतका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा बोल्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ महा अभियान प्रदेश नं. २ का प्रदेश समिति सल्लाहकार विजय लामाले प्रदेश २ का आठ वटै जिल्लामा जिल्ला समन्वय समिति गठन भैसकेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भ्रमण वर्षलाई थप सफल बनाउने उद्देश्यका साथ पुस ११ गते जनकपुरमा बृहद कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
आठ वटै जिल्लमा समिति गठन गर्न सफल प्रदेश २ पहिलो प्रदेश रहेको बताउनुहुँदै लामाले केन्द्र सरकार भ्रमण वर्षको विषयलाई लिएर प्रदेश २ प्रति गम्भिर नरहेको आरो समेत लगाउनुभयो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु हुन लागेको भ्रमण वर्षका लागी केन्द्र सरकारले विनियोजन गरेको २५ लाख रकम प्रसस्त नरहेको बताउँदै लामाले केन्द्र सरकार थप गम्भिर हुनु पर्ने बताउनुभयो ।
Post a Comment