काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कम,नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) माअहिलेसम्म दश वटा स्वर्ण जितेको छ । आज नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरेको छ । नेपालका लागि करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जित्नुभएको छ । उहाँले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले पराजित गर्नुभयो । यससँगै करातेमा नेपालको चार स्वर्ण पदक जितेको छ । आजै नेपालले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो । आजको स्वर्ण जित्नेमा एकल काता करातेमा मण्डेकाजी श्रेष्ठ, टिम काता, महिला कराते, टिम काता, पुरुष कराते, कराते ५५ केजीमा लक्ष्मण तामाङ, तेक्वान्दो पुम्से (२३–२९ वर्ष)मा कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (१७ –२३ वर्षमा सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) मा पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२९ वर्ष माथि)मा आयशा शाक्य र ट्रायथलोनमा सोनी गुरुङले स्वर्ण जित्नुभएको हो ।
Post a Comment