Websoft University

छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ



झापा पौष-८ गते ।रातो तारा डट कम,झापा मेचीनगर नगरपालिका -७ बस्ने २४ बर्षीय खडग बहादुर दर्जी र सोही स्थानका २० बर्षीय दिपेन कार्की लागुऔषध खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ परेका छन। हिजो बेलुका साढे ७ बजे मेचीनगर नगरपालिका-६ स्थित सिमानाँका एरियाबाट दुबै जनालाई ६ सय मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसै गरी धरानको तिनकुनेबाट धरान -८ बस्ने ५१ बर्षीय राजु बुढाथोकी लागुऔषध सहित पक्राउ परेका छन। अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेकीङमा खटिएको प्रहरीलेईटहरीबाट धरान तर्फ ट्याम्पुमा सवार गरी आईरहेका बुढाथोकीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९४ एम्पुल लुपिजैसिक,डाईजेलाप र फेरागन जस्ता लागुऔषध फेला पारी बरामद गरेको हो। पक्राउ परेका तिनै जना उपर सम्बन्धीतकार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको सोही कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.