Websoft University

सुन्दरहरैचाको गछियामा भएको वडा स्तरिय फुटबल खेलको तेस्रो दिनको खेलमा वार्ड नं १० विजयी


शिव भट्टराई, मोरङ पुस ८ गते । रातो तारा डट कम,बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल द्वारा रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्दै आईतबार बाट सुरु गरिएको वडा स्तरिय नकाउट फुटबल प्रतियोगितामा वार्ड नं १० विजयी भएको छ।

स्थानिय खेलाडी लाई फुटबल मा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ सुन्दरहरैचा को वाड नं ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदानमा आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा का १२ वटै वाड का १२ टिम सहभागी हुने भएका छन्।


गछिया खेलमैदानमा भएको तेस्रो दिनको खेलमा वडा नम्बर २ र १० बीच कडा प्रतिश्पर्धा भएको थियो। खेलमा १ का विरुद्ध २ गोल गर्दै  वाड नं १० ले जित हासिल गरेको छ भने आज को खेल मा वाड न १० कै खेलाडी विवेक गौतमलाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई बिपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैचाका अध्यक्ष रञ्जन ओझा  बाट पुरस्कार प्रदान गरिएको थियो।

 त्यसैगरी भोलि को खेलमा वाड नं ७ र ९ बिच प्रतिस्पर्धा हुने भएको आयोजक समितिका उपाध्यक्ष नविन बरालले बताएका छन्।प्रतियोगिताको उपाधी विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.