Websoft University

राष्ट्रिय किसान आयोगले जमिन खण्डिकरण रोक्न सरकार संग माग गर्यो



काठमाण्डौ । रातो तारा डट कम,राष्ट्रिय किसान आयोगले जमिनको खण्डिकरण रोक्न आग्रह गरेको छ । पर्वतको फलेवास नगरपालिकामा आयोजित कृषक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले खेतीयोग्य जमिनमा घर, महल, बसपार्क, औद्योगिक क्षेत्र बनाउन थालिएको भन्दै खेतीयोग्य जमिनमाथी भइरहेको दोहन रोक्न आग्रह गर्नुभएको हो । 

अध्यक्ष श्रेष्ठले अनुत्पादक क्षेत्रमा बस्ती बसाल्ने र खेतीयोग्य जमिनमा खेतीपाती गर्ने नीति सरकारले कडाइका साथ लागू गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकारले अहिले जमिन चक्लाबन्दीको नीति लिएको उल्लेख गर्दै जमिन चक्लाबन्दीले उत्पादन बढाउन टेवा पुग्ने उल्लेख गर्नुभयो । यसका साथै सामूहिक, सहकारी र करारखेती प्रणालीलाई पनि प्रोत्साहन गर्दै जानुपर्ने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय भूमीअधिकार मञ्चका प्रमुख संरक्षक ल्यामबहादुर परियारले नेपालमा खाद्यान्नको आयात बढीरहेको र निर्यात निकै कम रहेको सन्दर्भ केलाउँदै कृषिप्रधान देश भनेर भन्नै लाज लाग्ने स्थिती रहेको बताउनुभयो । किसानलाई सरकारले दिने भनेको सहुलियत कर्जा, अनुदान, यान्त्रिकरण सहयोग जस्ता कार्यक्रममा टाठाबाठाको बर्चस्व बढेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । 

किसानका समस्या समाधान गर्नेतर्फ सरकारको ध्यानकर्षण गराउँदै परियारले अनुदान बढाउँदै लगेपनि पछिल्लो समय उत्पादन नबढ्नुको कारण खोजी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.