विराटनगर । रातो तारा डट कम, मोडलिङ गराउन भन्दै मानव बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। मोडलिङ पेसा गर्दै आएकी किसोरीलाई बली चढाउनका लागि भारत लैजान खोजेको आरोपमा प्रहरीले विराटनगर र काठमाडौंबाट सातजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी कावासोती हुप्सेकोट – १ का २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज नगरपालिका– १४ का ४० वर्षीय उमेश शाह, दाङ घोराही नगरपालिका– १० की २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरी सप्तकोसी नगरपालिकाण् ११ का ३५ वर्षीय उमेश माझी, विराटनगर– ८ का ५१ वर्षीय दिलीप पोद्दार, धादिङ खनियाबास गाउँपालिका– २ की ५१ वर्षीया प्रेमा तामाङ र सुनसरी गढी गाउँपालिका– १ का ३७ वर्षीय रञ्जितकुमार चौधरी छन् ।
उनीहरू मध्ये चारजनालाई विराटनगरको पुष्पलाल चौक क्षेत्रबाट पक्राउ गरिएको हो भने अन्य दुईजनालाई भने विराटनगरको गुद्री बजार क्षेत्रबाट पक्राउ गरिएको थियो । प्रेमा भने सीतापाइलाबाट पक्राउ परेकी थिइन् । उनीहरूको साथबाट नगद १ लाख ९ हजार, ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजारको चेक, एटिएम ७ थान र तान्त्रीक पुजाका सामग्री रहेको महानगरिय प्रहरी परिसरका प्रवक्ता बोगटीले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार काठमाडौं बस्दै आएकी किसोरीलाई बली चढाउन बिहारमा लैजाने योजना थियो । सोही योजनाका साथ काठमाडौंबाट किसोरीलाई विमानबाट विराटनगर ल्याएपछि काठमाडौं प्रहरी परिसरले मोरङ प्रहरीसँग समन्वय गरेको थियो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार सोमबार बिहान दाङकी दिलकुमारी बुढासँगै किसोरी विमानमा विराटनगर आएकी थिइन् । काठमाडौंको प्रहरी टोली पनि सोही विमानबाट विराटनगर आएको थियो ।
विमानस्थलमा किसोरीलाई लिन आएका व्यक्तीको पिछा गर्ने क्रममा जलजला चोकको कालिमन्दिरको धर्मशाला हुँदै पुष्पलाल चौकसम्म पुगेको थियो । किसोरीलाई भारततर्फ लैजाने तयारी गर्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले काठमाडौं प्रहरीले आग्रह गरेपछि मोरङ प्रहरीको पक्राउका लागि समन्वय गरेको
बताए ।
घटना यस्तो थियो सितापाइला बस्ने प्रेमा तामाङले एकजना युवतीलाई मोडलिङको अफर गरिन् । उनको शर्त थियो उचाई ६ फिट हुनुपर्ने । भर्खरै मोडलिङमा लागेकी रिताले राम्रो रकमसहिर्त याम्पमा हिँड्न पाइने लोभले तामाङको अफर कुनै शंका बिना स्वीकार गरिन्। रितालाई तब मात्र तामाङमाथि शंका भयो, जब उनको भिडियो विराटनगरमा रहेका उमेश शाहलाई पठाइन्।
उमेशले युवतीको महिनावारी भए नभएको, घाउ चोट लागेको नलागेको, कुनै अप्रेशन भए नभएकोबारे सोधपुछ गरेपछि रिताको मनमा चिसो पस्यो । उनले आफूलाई गरेको प्रस्तावमाथि शंका लागेर महानगरिय प्रहरी परिसरमा यही पुस ४ गते उजुरी दिइन् । उक्त उजुरीपछि महानगरीय प्रहरीले अनुसन्धान थाल्यो । विशेष प्रहरीको टोलीले पीडित युवतिको पिछा गर्दै विराटनगरसम्म पुग्ने निचोड निकाल्यो ।
विराटनगरमा रहेका प्रेमा तामाङका श्रीमान् कृष्णले ती युवतीलाई पुस ६ गते नै हवाई टिकट र २६ हजार रूपैयाँसमेत पठाइसकेका थिए। प्राविधिक कारणवश जहाजको टिकट रद्द भएपछि भोलिपल्ट बिहान ९ बजे उनी दिलमाया बुढामगरको साथमा विराटनगर लागिन्। विराटनगरमा उनीहरूलाई कृष्ण तामाङ र उमेश शाहले भ्यानमा हालेर रामजानकी मन्दिर नजिकैको होटलमा राखे ।
त्यसपछि ती युवतीलाई उनीहरूले जलजलाचोक नजिकैको कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ मा राखे । त्यहाँ उनको महिनावारी भए नभएको चेक गरियो। त्यति मात्रै होइन, नयाँ मान्छेहरु उमेश, रंजीत र दिलिपसँग पनि तान्त्रिक पूजा र मोडलिङ गर्दा आवश्यक सामग्री किन्न जोगबनी नाका छिचोलेर भारत लैजाने योजना बन्यो । यो कुरालाई नजिक बाट नियालिरहेको प्रहरीले उनीहरुलाई त्यसैदिनको बेलुका ९ बजे पक्राउ र्गयो ।
काठमाडौंमा रहेकी प्रेमालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । यो घटनामा अनुसन्धान गरेको प्रहरीले मोटो रकमको प्रलोभनमा पारेर युवतीलाई भारतमा लगेर जस्तोसुकै काममा संग्लन गराउन सक्ने अवस्था रहेको जनाएको छ । ’यदि प्रहरीले उनीहरूलाई पक्राउ नगरेको भए युवतीमाथि जुनै किसिमको काम हुनुक्थ्यो । उनलाई बलिको नाममा मार्न पनि सक्थे । बेच्न पनि सक्थे’, बोगटीले भने, ’महानगरीय प्रहरी र मोरङ प्रहरीको समन्वयले उनीहरूलाई पक्राउ गर्न सफल
भयौं ।’
प्रहरीले उनीहरूलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । उनीहरूमाथि मानव बेचबिखनको मुद्दा लगाउने तयारी भइरहेको छ। पत्नी केटी खोज्ने, पति बोर्डर कटाउने प्रेमा र कृष्ण श्रीमान श्रीमती हुन् ।
काठमाडौंमा बसेर प्रेमाले युवतीलाई फकाइ विराटनगर र्पुयाउने काम गर्ने, विराटनगरमा कृष्णले गिरोहसँग बसेर बोर्डर कटाउन मद्दत गरिरहेको प्रहरीले जनाएको छ । यो बापद उनीहरूले ५ लाख रुपैयाँ पाउने अनुसन्धानले देखाएको छ । आरोपी भन्छन्, प्रहरीले फसायो परिसरमा सार्वजनिक गर्ने क्रममा पक्राउ सातमध्ये एक उमेश शाहले प्रहरीले आफुहरुलाई फसाएको आरोप लगाएका छन् ।
उनले प्रहरीले एकतर्फीरुपमा सडकबाट आफुहरूलाई पक्राउ गरेको बताए । ’हाम्रो पनि इज्जत छ । प्रहरीको बर्दी लगाउँदैमा जसलाई पनि पक्राउ गर्न पाईदैन । हामीहरू निर्दोष छौं,’ उनले भने ।
Post a Comment