विराटनगर माघ ११ गते । रातो तारा डट कम,नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली भुमी अतिक्रमणका विषयमा बहस आबश्यक भएको बताएकी छन् । सरकार र प्रतिपक्षिदलहरु समेत सिमा बिवादका विषयमा नवोलेको आरोप लगाउदै उनले सरकार र दलहरुको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन ।
प्रेस युनियन मोरङले शनिवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भुमि अतिक्रमणका विषयमा बहस आबश्यक भएको र त्यसका लागि दुइ देशवीच संम्वादको आबश्यकता रहेको औल्याइन ।
प्रेस युनियन मोरङले शनिवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भुमि अतिक्रमणका विषयमा बहस आबश्यक भएको र त्यसका लागि दुइ देशवीच संम्वादको आबश्यकता रहेको औल्याइन ।
नेपाली भूमी कालापानी,लिपुलेक र लिप्पियाधुरा भारतले प्रयोग गर्ने भए त्यसको सट्टा ,पट्टामा भारतले मेची देखि बंगलादेश जोडिने समुद्र सम्मको भाग दिन ,लिन सकिने तर्क गरिन । यसवाट ब्यापार सहित आन्तरिक समृद्धी आउने बताइन । सिमा अतिक्रमणका विषयमा कोही पनि नबोल्ने तर आफुले देशकै हितमा बोल्दा विवादास्पद टिप्पणी भएकोमा आश्चर्य ब्यक्त गरिन ।
यस्तै एमसीसीका विषयमा पनि सरकार र दलहरुले जनताको भावना जितेर पास गर्नु पर्ने बताइन । बिवादास्पद विषय र बुदाहरुलाई परिमार्जन गरेर एमसीसी पास गर्न पर्ने बताइन ।
त्यसै गरी कांग्रेस भित्रको आन्तरिक कलह समाप्त नभए पार्टीको अस्थित्व खतरामा पर्ने भएकाले कार्यकर्ताहरुले खवरदारी गर्न आबश्यक भइसकेको बताइन् । उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरिन् ।

Post a Comment