Websoft University

द्धन्द्धकालिन मुद्धालाइ जटिल बनाउन नहुने–प्रधानमन्त्री ओली



काठमाण्डौ माघ ४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी समस्या सजिलै समाधान हुन सक्ने बताउनुभएको छ । पहिल्यै सम्पन्न गरिसक्नुपर्ने सहज कामलाई जटिल बनाइराख्न नहुने प्रधानमन्त्री ओलीको भनाइछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कार्यलाई जटिल बनाइराख्न नहुने धारणा राख्नुभयो । प्रधानमन्त्रीकै भनाइलाई समर्थन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्डले पनि राजनीतिक विषय भएकाले यसलाई चाँडै समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

अहिलेको प्राथामिकता  सत्य स्थापित गर्ने र मेलमिलाप गर्ने भएको र हिजो के–के भएको थियो भनेर सत्य स्थापित गर्ने, अनि समाजमा मेलमिलाप कायम गर्ने भएको प्रधानमन्त्रीले बताउनुभयो । छलफलमा सहभागी नेताका अनुसार काँग्रेस सभापति देउवाले पनि यो विषय राजनीतिक भएकाले चाँडो समाधान गरिनुपर्ने धारणा राख्नुभएको थियो ।  

बालवाटारमा ऐन संशोधनमा सकारात्मक छलफल भए पनि आयोगका पदाधिकारी चयनका विषयमा भने सहमति जुट्न बाँकी रहेको सहभागी नेताले बताएका छन् ।  करिब एक वर्षदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगहरु पदाधिकारीविहीन छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.