Websoft University

आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत बिधालयले विभिन्न खेल जितेका छन।


क्रिकेटमा कोशी र पथरीको एभरेष्ट, फुटबलमा मेरिल्याण्ड, रेड स्टार कान्तीपुर, बास्केटबलमा अरनिको, र ब्राइट फ्यूचर तथा भलिबलमा कोशी, कान्तीपुर, लर्डबुद्ध र अरनिको कलेज विजयी तथा टेवलटेनिसमा सगरमाथा र अरिनिकोलाई उपाधि

विराटनगर माघ १२ गते । रातो तारा डट कम, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत आइतबार भएको खेलमा क्रिकेटमा कोशी पथरीको एभरेष्ट, फुटबलमा मेरिल्याण्ड, रेड स्टार र कान्तीपुर, बास्केटबलमा अरनिको, र ब्राइट फ्यूचर तथा भलिबलमा कोशी, कान्तीपुर, लर्डबुद्ध र अरनिक कलेज विजयी कलेज विजयी भएका छन् भने टेवलटेनिसको उपाधि सगरमाथा र अरिनिकोले जितेका छन् ।

आज भएको क्रिकेटमा कोशी मल्टीपल र पथरीको एभरेष्ट कलेजले जित हात पादै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले अर्किड कलेजलाई ७२ रनले पराजित गरे सेमीफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको विशाल योगफल तयार पारेको थियो । कोशीकालागि म्यान अफ द म्याच सोनु मण्डलले ४३ रन बनाउँदा सिद्धान्त साहले २८ रन तथा कालीचरण यादवले १४ रनको योगदान दिए । अर्किडका मोहित अर्याल र महमद अक्वर २–२ विकेट लिए ।

१ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको अर्किडले  १७ ओभरमा सवै विकेट गुमाई ७१ रनमा सिमित भयो । अर्किडका महमद अक्वरले १४ बनाउँदा मोहित अर्यालले १२ रन बनाए । कोशीका सुवास यादवले ३ विकेट लिँदा कालीचरण यादवले २ विकेट लिए ।

त्यसैगरि दोस्रो खेलमा पथरीको एभरेष्ट कलेजले श्रृजना कलेजलाई ३८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ७० रनको सामान्य योगफल तयार पारेको थियो । एभरेष्टकालागि प्रदिप लामिछानेले २१ रन बनाए । श्रृजनाका सुमन बुढाथोकीले २ विकेट लिए ।

७१ रनको समान्य लक्ष्य पछ्याएको श्रृजनाले १४ दशमलव १ बलमा सवै विकेट गुमाई ४२ रनमा चित्त बुझायो । श्रृजनाका राहुल रोय र रवि कार्कीले समान ११–११ रन बनाए । एभरेष्टका म्यान अफ द म्याच पुरुषोतम न्यौपानेले ४ विकेट लिए ।
फुटबलमा मेरिल्याण्ड, रेड स्टार र कान्तीपुर कलेज विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ३–० गोल अन्तरले पन्छ्याउँदै अन्तिम आठमा प्रवेश गरेको छ । मेरिल्याण्डका नारायण खडकाले ह्याट्रिकसहित ३ गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

दोस्रोे खेलमा रेड स्टार कलेजले लर्डबुद्ध कलेजलाई २– १ गोल अन्तरले पराजित गरेको छ । रेड स्टारका नाङसाङ लिम्बु र दिपल लिम्बुले १–१ गोल गरे भने लर्डबुद्धका सनम धिमालले १ गोल फर्काऐ । खेलको म्यान अफ द म्याच रेड स्टारका सरन मगर घोषित भए ।

तेस्रोे खेलमा कान्तीपुर कलेजले भानु कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल कान्तीपुरका मुकेश पुलामीले गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

बास्केट बलको पहिलो खेलमा अरनिको कलेजले मेरिल्याण्ड कलेजलाई २७–१९ अंकले पराजित गगर्दै सेमिफाइनलमा पुगेको छ भने दोस्रो खेलमा सुन्दर हरैचाको ब्राइट प्mयूचर कलेजले शिक्षादिप कलेजलाई ६४–२७ अंकले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

आइतबारै सम्पन्न भएको टेवलटेनिको खेलमा टिम इभेन्ट् छात्रतर्फ सगरमाथा र छात्रातर्फ अरनिको कलेजले उपाधि हात पारेको छ ।

टिम इभेन्टस् छात्रतर्फ सगरमाथा कलेजले पहिलो भएको भने अरनिको कलेज दोस्रो तथा कान्तीपुर कलेज र अर्किड कलेजले तेस्रो स्थानमा चित्त बुझाए भने छात्रातर्फ अरनिको कलेज पहिलो, अर्किड कलेज दोस्रो तथा मेरिल्याण्ड कलेज र शिक्षादिप कलेज तेस्रो भएका छन् ।

छात्र एकलमा सगरमाथाका अविशेक झा प्रथम, कान्तिपुरका सुदर्शन आले दोस्रो तथा अर्किडका जेनिस दाहाल र मेरिल्याण्डका शुसान्क आचार्य तस्रो भए भने छात्रातर्फ अरनिकोकी समृद्धि लुइटेल प्रथम, सगरमाथाकी शिल्पा सुवदी दोस्रो तथा मेरिल्याण्डकी पुजा दंगाल र अर्किडकी ओमश्री दाहाल तेस्रो भए ।

भलीबल छात्रातर्फ पहिलो खेलमा कोशी मल्टीपल कलेजले अर्किड कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा भने कान्तीपुर कलेजले मेरिल्याण्ड कलेजलाई २–० को सोझो सेटले पराजित गर्यो । तेस्रो खेलमा लर्डबुद्ध कलेजले रेड स्टार कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा चौथो खेलमा अरनिको कलेजले विकेभिएम कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.