Websoft University

चौरीदेउरालीको धुसेनी शिवालयमा चेपाङ बालबालिका पढ्न आए


काठमाण्डौ माघ १० गते । रातो तारा डट कम,अतिसिमान्तकृत चेपाङ बालबालिका माध्यमिक शिक्षा कै लागि काभे्रको कोसीपारि आएका छन् । गाउँमा माध्यमिक तहको पढाई नहुने भएपछि चितवन जिल्लाको विकट कान्दाका ३१ चेपाङ बालबालिकाहरु पढाईको लागि काभे्रको कोशीपारीको चौरीदेउराली ४ स्थित धुसेनी शिवालयका आएका हुन् । 

लक्ष्मी प्रतिष्ठानले उनीहरुलाई पढाउन सहयोग गर्दै आएको छ । निमा कुमार बलराम स्मृती छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । सवारी दुर्घटनामा आफ्ना दुई छोरा गुमाएपछिको पीडा भुल्न समाजसेवामा लाग्नुभएका विष्णु गौतमले श्रीमती लक्ष्मीको नाममा प्रतिष्ठान खोली कान्दामा समेत १ सय ७५ जनाको लागि छात्रावास निर्माण गर्नुभएको छ ।

माध्यमिक विद्यालयको स्वीकृती नभएपछि कान्दाको छात्रावासमा बस्ने बालबालिकाले लागि पढाई नै छोड्नुपर्ने बाध्यता भएपछि प्रतिष्ठानले काभ्रेमा पनि छात्रावास सञ्चालन गरिएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.