Websoft University

छानविनका लागि अख्तियारको पत्र पठायो


 काठमाण्डौ माघ ११ गते । रातो तारा डट कम,बाजुराको बुढीनन्दा नगरपालिकाका दर्जन योजानाहरुमा अनियमिता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि फाइल पठाउन पत्राचार गरेको छ ।

नगरपालिकाका ११ वटा योजनाको प्रक्रिया नपुगेरै रकम भुक्तानि गरेको भन्ने उजुरीका आधारमा अख्तियारले फाइल झिकाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले पत्र पठाउँदै फाइलहरु झिकाएको जनाइएको छ ।

 अख्तियारमा उजुरी दर्ता भएका योजनाहरु मध्ये वडा न ७ मा निर्माण भएको डम्पीङ्ग साईड, नगरपालिकाले नियुक्ति गरेका स्वयमसेवक शिक्षक नियूक्ति प्रक्रिया, कोल्टी बृहत खानेपानी योजना, बड्डीगार्ड खोला लघुजलविद्युत आयोजना, वडा नम्बर ५ को छातिकोट खानेपानी योजना लगायतका आयोजनाको फाइल झिकाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.