काठमाण्डौ माघ १२ गते । रातो तारा डट कम,प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले पाँच सयभन्दा बढी थान कम्बल वितरण गर्नुभएकोछ । मन्त्री यादवले जिल्लाको छतौना, सखुअवा, माधोपुर, धनहारी र भेडियाहीमा चिसोबाट प्रभावित पाँच सय जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । चिसोबाट प्रभावित दलित, डोम, चमार, मुसहर, हलखोर समुदायलाई मन्त्री यादवले न्यानो कपडा वितरण गरेको उनका स्वकीय सचिव कमलेश यादवले बताउनुभयो ।
Post a Comment