Websoft University

आमाछोरी हत्या प्रकरण आरोपी लाइ अदालतले कारावासको सजाय सुनायो


श्याम राई-उदयपुर गाईघाट, माघ ८ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालतले मंगलबार  आजिवन काराबासको फैसला सुनाएको छ । 

जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले  सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा व्यापार गर्दै आएका ४० बर्षिय रामहरी साहलाई आजिवन कारबाससँगै पीडितलाई एक लाख क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको 
हो ।

त्यस्तै गिरफ्तार परेका साहसँग फेला परेको सुनको रिगं र मगंलसुत्र पीडितको भएको कसुरदारले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेश गरिएको श्रे्रस्तेदार राजकुमार आचार्यले जानकारी दिए । 

कसुरदारले २०७६ असोज २४ गते साँझ २८ बर्षिया गोमा भनिने शारदा चौधरी र छोरी ६ बर्षिया रचना चौधरीलाइ धारिलो हत्यार प्रयोग गरी हत्या गरेको भन्दै प्रहरीको अनुसन्धान पछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । 

घरमा आमा र छोरी मात्र बसेको थाहापाएर हत्या गर्ने योजनाकासाथ उनी एक्लै पीडितको घर पुगेका थिए । कसुरदारलाई प्रहरीले असोज २५ गते मोतिगडाबाट पक्राउ गरेको थियो । कसुरदारले प्रहरीसँगको वयानमा विगत लामो सयमदेखि मृतकसँग प्रेम सम्बन्ध रहेको र विवाह अस्वीकार गरेपछि धारिलो हत्यार प्रयोग गरी हत्यागरेको बताएका थिए ।

मृतकसँगको सम्बन्ध पछि जेठी पत्निलाई सिरहा घरमा छोडेर विवाह गर्ने योजनाकासाथ मोतिगडा बस्दै आएका साहले प्रेम सम्बन्ध विवाहमा परिणत नभएपछि हत्या गरेको बताएका छन् । हत्याको क्रममा छोरीले देखेपछि छोरीलाई पनि हत्या गरेको बताएका छन् ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.