Websoft University

एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल भएका दुई जना विद्यार्थीलाई शिक्षादीप कलेजलले गर्यो सम्मान


विराटनगर । रातो तारा डट कम, एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल भएका दुई जना विद्यार्थीलाई शिक्षादीप कलेजलले सम्मान गरेको छ ।

कलेजजले आज सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरि एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल पूर्व विद्यार्थी सुरज राय र मुकेशकुमार रौनियारलाई सम्मान गरेको हो । शिक्षादीप कलेजमा ११ र १२ कक्षामा अध्ययन गरी उच्च शिक्षा हासिल गर्न कलेजमा उनीहरले प्रवेश परिक्षा दिएका थिए ।

रायले त्रिभूवन विश्वविद्यालय, पाकिस्तान एम्वेसी र विपि कोइराला स्वास्थ्य विज्ञान पतिस्ठान धरानमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकालका थिए । विपि कोइराला स्वास्थ्य विज्ञान पतिस्ठान धरान १६ औ स्थानमा नाम निकालेका राय धरानमै अध्यन गर्ने कलेजजे जनाएको छ ।

त्यस्तै त्रिभूुवन विश्वविद्यालय महाराजगन्ज कलेजमा आईओएम नाम निकाल्न सफल मुकेशकुमार रौनियारलाई समेत कलेजले सम्मान गरेको छ । उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र कार्यक्रम संयोजक बसन्त बस्नेतलगायतले सम्मान गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.