काठमाण्डौ माघ १० गते । रातो तारा डट कम,नेपाल पर्यटन वर्ष २०२० तथा तामाङ जातीको ल्होछार पर्वको अवसर पारेर दोस्रो नमोबुद्ध महोत्सव सुरु भएको छ । नमोबुद्ध नगरपालिकाको वडा न ४ भकुण्डेवेशीमा सुरु भएको ११ दिने महोत्सवको संघिय प्रतिनिधि सभा सांसद गंगाबहादुर दोङ (बम ध्वज) ले भव्य समारोहका बिच उद्दघाटन गर्नुभयो ।
नमोबुद्ध उद्योग वाणिज्य संघले गरेको महोत्सव माघ ९ देखि १९ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठले धर्म संस्कृति, रीतिरिवाज, कलासंस्कृति एवम् उत्पादित बस्तुको प्रचार र जर्गेना गर्न महोत्सव गरिएको बताउनुभयो । उहाँले तामाङ जातीको ल्होछार पर्व पनि परेकाले तामाङ जातीको रहनसहन, लोपन्मुख बाजाबाजा समेत महोत्सवमा रहेको उल्लेख गर्नुभयो ।
नेपाल भ्रमण वर्षमा पर्यटकीय स्थल नमोबुद्ध मात्र होइन नमोबुद्ध नगरपालिकामा अन्य पनि स्थल पर्यटनका लागि उपयुक्त छन् भन्नका लागि ११ दिने महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सवमा लत्ताकपडा, विभिन्न कम्पनी, संघसंस्थाका स्टल, स्वास्थ्य शिविर, खेलकुद सामग्री, दैनिक आवश्यक सामग्री लगायतका ६० स्टल रहेका छन् ।
Post a Comment