Websoft University

भारतले ५० हजार निजी आवास र विराटनगरको आईसीपी नेपाललाई हस्तान्तरण आजै ग¥यो


बिराटनगर माघ ७ गते । रातो तारा डट कम,भारतले मोरङस्थित विराटनगर महानरनगरपालिकाको बुधनगरमा बनेको एकीकृत जाँच चौकी र आफ्नो सहयोगमा गोरखा र नुवाकोटमा निर्माणका भएका ५० हजार वटा निजी आवास सरकारलाई हस्तान्तरण गरेको छ । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत भारतीय सहयोगमा बनेको आईसीपी र निजी आवास हस्तान्तरणको घोषणा गर्नुभएको हो । भारतको १५ अर्ब सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर बनेका छन् । यसमध्ये गोरखामा २६ हजार ९ सय १२ र नुवाकोटमा २३ हजार ८८ घरको पुनर्निर्माणमा भारतले सहयोग गरेको छ । 

भारतले भूकम्पपछि प्रतिवद्धता व्यक्त गरेको १ खर्ब रुपैयाँबाटै यो रकम खर्च भएको हो । त्यस्तै भारतले विराटनगरको भन्सार जाँचपास सहजीकरणका लागि बनाइदिएको एकीकृत जाँच चौकी (आईसीपी) पनि आजबाट नेपालको स्वामित्वमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतिय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । 

विराटनगरको एकीकृत जाँच चौकी उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तो दिनुभएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.