काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम,सावित्रा भण्डारी र अनिता बस्नेतले चौथो संस्करणको भारतीय महिला लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमका महत्वपूर्ण सदस्य सावित्रा र अनिताले लगातार दोस्रो सिजन भारतीय महिला लिग खेल्ने पक्का भएको हो ।
चौथो संस्करणको भारतीय महिला लिग आगामी शुक्रबार बेङ्गलोरमा सुरु हँुदैछ । लिगमा भारतका १२ टिमले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । सावित्रा र अनिताले गत सिजन सेथु फुटबल क्लबबाट खेलेका थिए ।
तर नयाँ सिजन सावित्राले गोकुलमबाट खेल्ने बताईएको छ । सावित्रा र अनिता आजै भारत प्रस्थान गरेका छन् ।
Post a Comment