श्याम राई-उदयपुर गाईघाट,माघ १३ गते । रातो तारा डट कम,
राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) का बरिष्ठ नेता हरी वहादुर बस्नेतले विगत तिस वर्ष यता कुनै पनि राजनीतिक दलले जनतालाई खुसी पार्ने काम नगरेको बताएकाछन् ।
मंत्री बस्नेतले राप्रपा उदयपुर द्धारा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुलुकमा पटकपटक परिवर्तन भएको भएता पनि नेपाली जनताले परिवर्तनको अनुभूती पाउन नसकेका बताए ।
उनले प्रजातन्त्र, लोकतन्त्रमा नपाली जनता अझै सन्तुष्ट हुन नसकेकोले समाजमा आपसी कलह, विग्रह र द्धन्द बढेकोले प्रजातन्त्र नै खतरामा पर्न गएको बताए । आफूलाई महान नेता भनाउदाहरुबाट जनता र राष्ट्र हितमा कुनै काम हुन नसकेको र आफनै दुनो सोच्चाउने मात्र काम भैरहेको बस्नेतले बताए ।
नेता बस्नेतले सबैलाई स्वीकार्य हुने कार्यकारी अधिकार विहिन राजतन्त्र र हिन्दु राष्ट्रको मुद्धा पार्टीले अघि सारेको बताए ।
राजा सबको साझा’ भन्ने मूलमन्त्रलाई मध्य गरेरै हामीले संवैधानिक राजतन्त्र र हिन्दु राज्यको वकालत गरेका छौ ।’ उनले भने । उनले संसदलाई निस्प्राण बनाउदै लगेको आरोप लगाए ।‘ एक जना नेताको निर्णयमा सबै सासंद् चल्नु पर्ने परिपाटी हामी हावी हुदै गईरहेकोले प्रजातन्त्रमा हुनु पर्ने मासिदै गईरहेको उनले बताए ।‘
यस्तो परिपाटीले अन्तत प्रजातन्त्र नै कमजोर बन्न जाने उनले बताए ।
Post a Comment