Websoft University

नगरि उद्धघाटन रोक्न ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन


काठमाण्डौ माघ ६ गते । रातो तारा डट कम,सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानीयले तिङ्ला बन्दको घोषणा गरेका छन् । तिङ्लालाई बेवास्ता गर्दै जिल्लामा केन्द्रीय प्रसारण लाईन उद्धघाटन कार्यक्रम पत्तालेबाट गर्न लागेको भन्दै उनीहरुले अनिश्चित कालका लागी तिङ्ला बन्दको घोषणा गरेका हुन् । हाईड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङ्ला भएपनि, प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरि उद्धघाटन गर्न लागेकाले आन्दोलन गर्न बाध्य बनेको उनीहरुको दाबी छ । विरोधमा आन्दोलनकारीहले ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् भने बाटोमा टायर बालेर बसेको स्थानीय निर कुमार नेपालीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा सोलुखुम्बुबाट जिल्ला बाहिरीने कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । साथै तिङ्लाका सबै शैक्षिक संस्था तथा कार्यलयहरु समेत बन्द छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.