काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम,बझाङको उत्तरी सीमानामा पर्ने दुर्गम गाँउपालिका साईपालमा खाद्यान्न अभाव भएको छ । लगातार चौथो पटक अत्याधिक हिमपात भएपछी खाद्यान्न ओसारपसार गर्ने भेडा खच्चरलाई आवतजावतमा समस्या हुदाँ खाद्यान्न अभाव भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्षमा अत्याधिक हिमपात भएको काँडा माध्यमिक विद्यालयका लेखापाल बम बहादुर बोहराले जानकारी दिनुभयो ।
स्थानीय स्थरमा उत्पादन हुने अन्न बालीले ६ महिना मात्र पुग्ने गरेको छ । बाँकी खाद्यान्न बाहिरबाट आयात गर्नु पर्ने र आयात गर्नुपर्ने बाध्यता रहदै आएको छ । खाद्यान्न भेडा, खच्चर ओसारपसार गरिने भएकाले अहिले हिउँले गर्दा बाटो नै बन्द भएकाले खाद्यान्नका अभाव भएको हो । खाद्यान्न अभाव हुँदा सदरमकाम चैनपुरमा प्रतिकेजी ४० रुपैयामा पाईने चामल साईपाल गाउँपालिकामा अहिले ७० रुपौयाँ पुगेको छ ।
एक प्याकेट चाउचाउको ४० रुपैयाँ, एक प्याकेट तेलको एक सय ३०, एक किलो चिनीको एक सय ४०, एक किलो दालको दुइ सय चालीस रुपैयाँमा किनेर खानुपर्ने बाध्यता आएको साईपाल गाउँपालिकाका स्थानीय घुरन बोहराले बताउनुभयो । लगातारको हिमपातकै कारण गाउँपालिकामा संचार सेवा समेत अवरुद्ध भएको छ ।
Post a Comment