Websoft University

करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरे


काठमाण्डौ माघ १२ गते । रातो तारा डट कम,सर्लाहीमा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् । 

उद्योग मन्त्रालयमा चिनी बेचेर किसानको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिदै  थियोे । उद्योगमा चिनी ८ हजार क्वीन्टल मौज्दात छ । १० वटा ट्रकमा चिनी काठमाडौं लैजान लाग्दा किसानहरुले अवरोध गरेका हुन् । 

जिल्ला प्रसााशन कार्यालय सर्लाहीको रोहोबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको थियो । तर बिहानैदेखि स्थानीयको समूहले अबरोध गर्दा उद्योगबाट चिनी पठाउन नसकिएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताउनुभयो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.