काठमाण्डौ माघ ११ गते । रातो तारा डट कम,महालेखापरिक्षकको टोलीले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको जानाजन लेखा परीक्षण नगरी फर्किएपछि व्यापक आलोचना भएकोछ । जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको मात्र लेखापरिक्षण गरेर फर्किएपछि व्यापक आलोचना भएको हो ।
कार्यालयमा आएर लेखापरीक्षण गर्न आग्रह गर्दा जनशक्ती अभाव देखाउँदै महालेखापरिक्षकको टोली फर्किएपछि लेखापरीक्षण छुटेको दिप्रुङचुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । गाउँपालिकाको केन्द्र याङ्गसोलाटारमा पत्रकार सम्मेलन गरी अध्यक्ष राईले पारदर्शीता कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएको महालेखाले लेखापरीक्षण नगरेर संघीयता र जनभावना विपरितको काम गरेको भन्दै महालेखाको कार्यशैलीमाथि प्रश्न उठाउनु भयो ।
लेखापरीक्षण गर्न महालेखापरिक्षकको टोलीले बोलाएको ठाउँमा दिप्रुङ चुईचुम्मा गाउँपालिका नगएको तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले केन्द्रमै बोलाउँदा महालेखापरिक्षकको टोली नगएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखापरिक्षण छुटेको हो । ४६ दिनसम्म बसेर लेखा परिक्षण गरेको महालेखा परिक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी नेतृत्वको टोली पुस ७ गते काठमाण्डौं फर्किएको थियो ।
Post a Comment