बिराटनगर माघ ९ गते । रातो तारा डट कम, आज बिहानै दखि तराईका धेरै ठाउहरुमा हुस्सु र कुहिरोले ढाकेकोछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको मौसमको पूर्वानुमान बुलेटिन अनुसार अहिले देशका तराई भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी स्थानहरुमा मौसम सफा रहेको छ । आज दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भूभागमा मौसम सफा रहनेछ ।
देशका तराईका भूभागमा भने हुस्सु र कुहिरो रहनेछ । आज राति देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम रहनेछ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
Post a Comment