Websoft University

व्यवसायलाई मर्यादित बनाउन औषधी व्यवसायी संघले सदस्यलाई अभिमुखिकरण गर्ने

विराटनगर । रातो तारा डट कम, नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संघका सदस्य तथा औषधी व्यवसायीहरुलाई अभिमुखिकरण गरि मर्यादित र अनुशासित बनाउने लगायतका विभिन्न निर्णय गरेको छ ।

विराटनगर –१० स्थित संघको कार्यालयमा सोमवार बसेको बैठकले समय समयमा औषधी व्यवसायमा विभिन्न विकृति विसंगतिहरु देखापर्ने गरेकोले त्यस्तो कार्यलाई नियन्त्रण गरि व्यवसायको गरिमा उच्च बनाउने उद्देश्यले व्यवसायीहरुलाई अभिमुखिकरण गरि स्वस्थ्य व्यवसाय संचालन गर्न उत्प्रेरित गर्ने निर्णय गरेको उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिनुभएको छ ।

बैठकले सचिवालयलाई आवश्यक पर्ने सामाग्री खरिद गरि व्यवस्थित गर्ने , संघका गतिविधि संचालन गर्न सहज बनाउने उद्देश्यले कोष स्थापना गर्ने , संघको गतिविधिहरु सम्पूर्ण सदस्यहरुमाझ जानकारी दिन संघको आफ्नै फेसबुक पेज र एप संचालन गर्ने , कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको परिचय पत्र बनाउने, साधारण सदस्यता वितरण कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाको अध्यक्षतामा बसेको संघको बैठकले सरोकारवाला संघ संस्थाहरु तथा सरकारी कार्यालयहरु सँग समन्वय गर्न तथा आफ्ना गतिविधिहरु सार्वजनिक गर्न संघका उपाध्यक्ष देशबन्धु ढकाललाई प्रवक्ता तोकेको छ । त्यस्तै बैठकले संघको सल्लाहकारमा संघका कोशी अंचल शाखाका पूर्व अध्यक्ष लक्ष्मण माझी चौधरीलाई चयन गरेको छ भने  प्रेस सल्लाहकारमा पत्रकार उद्धव घिमिरेलाई चयन गरेको संघका सचिव हरिराज रेग्मीले जानकारी दिनुभएको छ ।

बैठकले संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गरि पदभार ग्रहण गराएकोमा खुसी व्यक्त गर्दै निर्वाचन समिति र संघको कोशी अञ्चल शाखालाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै बैठकले आगामी दिनमा अग्रज व्यवसायी तथा संघमा बसेर काम गरिसक्नुभएकाहरुसँग समन्वय गर्ने र सल्लाह , सुझावका आधारमा संघका गतिविधिहरुलाई अगाडी बढाउने निर्णय गरेको सचिव रेग्मीले बताउनुभयो ।

साथै बैठकले पहिलो जिल्ला अधिवेशनको निर्वाचनमा सहभागी भई निर्वाचित गराउनुहुने सम्पूर्ण औषधी व्यवसायी तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुहुने शुभचिन्तक , पत्रकार बन्धुहरु , प्रहरी प्रशासनका अधिकारीहरुलाई समेत धन्यवाद ज्ञापन गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.