काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम,गुल्मीको मुसिकोट नगरपालिकाले आँपचौरका घरबारविहिन विपन्न परिवारलाई निशुल्क रुपमा घर निर्माणका लागि जग्गा प्रदान गरेकोछ । आर्थिक अवस्थाका कारण, पछि परेका एवं भौगोलिक बनावट र प्राकृतिक विपत्तिलाई मध्येनजर गरेर जग्गा वितरण गरिएको मुसिकोट नगरपालिकाले जनाएको हो । नगरपालिकाको वडा नम्बर पाँच हात्तीगौडाका १२ घर परिवारलाई सामुहिक रुपमा घडेरीको लागि जग्गा बितरण गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । सामुहिक रुपमा वितरण गरिएको जग्गामा अब छिट्टै घर निर्माणको प्रक्रिया अगाडी बढ्ने उहाँले बताउनुभयो । विपन्न तथा भौगोलिक रुपमा पछाडी परेका समुदायलाई लक्षित गरेर जग्गा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
Post a Comment