Websoft University

सोनाम ल्होसार मनाउँदै


मोहन कुमार राई-माघ ११ गते । रातो तारा डट कम, संखुवासभा,२८५६ औं सोनाम ल्होसार मुसा वर्षको अवसरमा जिल्लाभर विविध कार्यक्रमका साथ सम्पन्न भयो । 

विशेष गरी तामाङ जातीहरुले मनाउने यो पर्व ल्हो भन्नाले वर्ष र छार भन्नाले नयाँ भन्ने अर्थ लाग्छ । त्यसैले  आजको दिन नयाँ वर्षको रुपमा विशेष परम्परागत एवं साँस्कृतिक महत्वका साथ मध्य पहाडी भुभागमा बसोवास गर्ने एवं  बौद्धमागीहरुले हर्ष उल्लासका साथ एक आपसमा शुभकामना आदन प्रदान गदै यो पर्व मनाउने गर्दछ ।  

ल्होसार १२ वटा वर्षहरुमा मुसा, गाई, बाघ, विरालो, गरुढ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सँुगर जस्ता फरक फरक पशुपन्छी तथा जनावरको नामबाट मनाइने गरेको पोखरी निवासी चन्द्र प्रसाद तामाङले बताउनुभयो । 

ल्होसार पर्वकै अवसर पारेर चैनपुर नगरपालिका वाडा नं.४  स्थित डाडाखर्कमा स्वयम्भु समाज सामाजिक संस्था द्धारा वडा खेल्कुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता  सम्पन्न भएको खेल संयोजक नन्द कुमार लिम्बूले वताउनुभयो । 

खेलमा सहभागी २३ टिम मध्ये प्रथम पाँचखपन नगरपालिका वडा नं. ४, द्धितीय आयोजक टिम चैनपुर नगरपालिका ४ र टिमद्धय पाँचखपन नगरपालिका वडा नं. ७ र सो नगरपालिकाकै वडा नंं ९  सेमिफाइनलिस्ट बनेको समाजसेवी कमानसिंह अधिकारीले वताउनुभयो । 

प्रतियोगितामा सफल टिमहरुलाई पथम, द्धितीय र फाइनलिष्ट २ टिमहरुलाई क्रमश ३१ हजार १, २१हजार १ , १० हजार १ का दरले नगद पुरस्कार, ट्रफि, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेल सञ्चालन जिल्ला रेफ्री रामबहादुर बुढाथोकी र प्रवेश सिंखडाले गर्नुभएको थियो । जिल्ला समन्वय समिति सदस्य कृष्णकुमार तामाङको प्रमुख आतिथ्यतामा भएको सो  कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष धनबहादुर तामाले स्वागत मन्तव्य दिनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.